शेयरबजार निरन्तर बढ्दै, कारोबार रकम पनि बढ्यो

पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से परिसूचक आज पनि ९.६१ अंकले बढेर २,६६५.६० विन्दुमा पुगेको छ।

काठमाडाैँ– शेयरबजार परिसूचक बुधबार पनि बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से परिसूचक आज पनि ९.६१ अंकले बढेर २,६६५.६० विन्दुमा पुगेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेका छन्।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३२२ स्टकको १ करोड ३६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। झापा इनर्जी, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डसट्रिजको शेयरमा सकारात्मक सर्किट लागेको हो। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य ३.९४ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये बुधबार ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशतले बढेको छ भने वित्त, लगानी, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।