यो अपार्टमेन्टमा हाल मर्मत कार्य भइरहेको थियो। यसको बाहिरी भाग वरिपरि जडान गरिएको बाँसको मचान र निर्माण जालीमा आगो फैलिएको थियो।
काठमाडाैँ– हङकङको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अझै कयाैँ त्यस अपार्टमेन्टमा फसेका छन्।
हङकङको उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टमा बुधबार आगलागी भएको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार यो आठ ब्लक मिलेर बनेको करिब दुई हजार फ्ल्याट रहेको आवासीय परिसर हो। हङकङ सरकारको विज्ञप्ति अनुसार वाङ फुक कोर्टमा स्थानीय समयानुसार दिउँसो २:५१ बजे आगलागी भएको थियो।
साँझ ५ बजे, सात जनालाई उपचारको लागि दुई अस्पताल लगिएको बताइएको छ। यी मध्ये, चार जनालाई मृत घोषणा गरिएको छ, दुई जनाको अवस्था गम्भीर छ र एक जनाको अवस्था स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ। अग्नि नियन्त्रण विभागले बीबीसीलाई बताएअनुसार मृत्यु पुष्टि भएकामध्ये एक जना अग्नि नियन्त्रक रहेका छन्।

घटनास्थलबाट प्राप्त भिडियोमा कम्तीमा पाँचवटा भवनहरू एकअर्काको नजिकै आगो लागेको देखिन्छ, धेरै अपार्टमेन्टका झ्यालहरूबाट आगो निस्किरहेको देखिन्छ।
यो अपार्टमेन्टमा हाल मर्मत कार्य भइरहेको थियो। यसको बाहिरी भाग वरिपरि जडान गरिएको बाँसको मचान र निर्माण जालीमा आगो फैलिएको थियो।
निर्माणकर्य भइरहेको भए पनि त्यहाँ मानिसको बसोबास भने थियो। स्थानीय प्रहरीले अझै त्यहाँ धेरै मानिसहरू फसेका बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
