झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ लामो कन्काई पुल निर्माणका लागि २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो।
काठमाडौँ– हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको ठेक्का तोडिएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्ती जेभीसँग ठेक्का सम्झौता अन्त्य गरिएको सूचना जारी गरेको छ।
करिब ७२३ मिटर लामो पुल निर्माणका लागि २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो। २०७२ जेठभित्र सम्पन्न गर्ने समयसीमा रहेकोमा पाँचपल्ट म्याद थप्दासमेत प्रगति ५६ प्रतिशत मात्र छ। ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो। ठेक्का सम्झौता रद्द भएसँगै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ।
पुलका १९ स्पानमध्ये ८ वटाको काम सकिएको छ। बाँकी ११ मध्ये २ वटाको बिम हालिएको छ। ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
