एनपीएल: चितवन र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै

तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदै छन्। 

त्रिवि क्रिकेटमा मैदानमा बिहान ११ः४५ मा शुरू हुने पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दै छन्। अपराह्न ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

चितवन चार अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। काठमाडौँले दुई अंक मात्र बटुलेको छ। दुई अंक नै रहेको कर्णालीलाई प्लेअफ यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।

तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।