विशेषज्ञ चिकित्सक अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रदान भइरहेको कलेजो प्रत्यारोपण सेवा रोकिएको छ।
काठमाडौँ– विशेषज्ञको अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ। विशेषज्ञ चिकित्सक अभाव भएपछि केन्द्रबाट प्रदान गरिँदै आएको कलेजो प्रत्यारोपण रोकिएको हो।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले केन्द्रका एक मात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले अवकाश लिएपछि गत साउनदेखि कलेजो प्रत्यारोपण रोकिएको जानकारी दिइन्। विसं २०७३ देखि केन्द्रमा कलेजो प्रत्यारोपण शुरू भएको थियो।
“कलेजो प्रत्यारोपण गर्ने केन्द्रमा डा. श्रेष्ठ मात्र विशेषज्ञ चिकित्सक हुनुहुन्थ्यो। उहाँको अवकाश भएपछि अहिले कोही पनि सर्जन छैनन्। त्यसैले हामीले अहिले कलेजो प्रत्यारोपण सेवा बन्द गरेका छौँ,” उनले भनिन्।
निर्देशक डा. श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसहित विभागीय मन्त्रालयलाई विशेषज्ञको अभावले कलेजो प्रत्यारोपण सेवा रोकिएको जानकारी गराइएको बताइन्। “मन्त्री र सचिवले यस विषयलाई गम्भीरताका साथ लिँदै विशेषज्ञको खोजी भइरहेको जनाएका छन्,” उनले भनिन्।
निर्देशक डा. श्रेष्ठले कलेजो प्रत्यारोपण विशेषज्ञको खोजी भइरहे पनि अहिलेसम्म सेवा सञ्चालन गर्न नसकिएको बताइन्। यसअघि केन्द्रबाट ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।
पहिले विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिन्थ्यो, अहिले नेपालकै दक्ष जनशक्तिबाट सेवा प्रवाह हुँदै आएको थियो। नेपालमा सरकारी अस्पतालमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि कलेजो प्रत्यारोपण हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
