नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा उत्पादन भएको तरुल पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। यहाँका हरेक परिवारले तरुलकाे खेती गरेका छन्।
त्रिवेणी– माघे सङ्क्रान्ति नजिकिँदै जाँदा किसान तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बिक्रीका लागि बजार लैजान भ्याइ नभ्याइ भएको हो।
माघेस ङ्क्रान्तिमा तरुलको माघ धेरै हुन्छ। बजारमा तरुल सहज रूपमा बिक्री हुने भएपछि बजारमा लगेर बिक्री गरिरहेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सार मगरले बताए। “अहिले तरुलको माग धेरै हुन्छ। यसैले सबै तरुल खनेर बजार पुर्याएँ”, उनले भने। तरुल प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा बिक्री भइरहेको उनले बताए। यस वर्ष दुई क्विन्टल तरुल बेचेको सारु मगरले सुनाए।
धौवादीका शेरबहादुर झेडी मगरले पनि तरुल खनेर बजार लगिसकेका छन्। एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्त्व नहुने हुँदा धेरै लगाउन जोखिम रहेको उनको भनाइ छ। पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेका छन्। सबैजसो किसानले हात्तीपाइले तरुल लगाउने गरेको उनले सुनाए। यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै छ। किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघे सङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको छ।
तर, केही वर्षयता तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए। तरुलमा किरा लाग्ने समस्या देखिन थालेको छ। अदुवा खेतीसँगै तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नफल्ने किसान बताउँछन्। नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिक १० क्विन्टल तरुल आउने गरेको कावासोतीका व्यवसायी लालबहादुर मगरले बताए।
कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले लैजाने गरेका छन्। नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए। नेपाली समुदायमा माघे सङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायत परिकार खाने प्रचलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
