हङकङको वाङ फुक कोर्टमा भएको आगलागीको घटनामा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
हङकङको वाङ फुक कोर्टमा भएको आगलागीको घटनामा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। स्थानीय अधिकारीहरूले सोमबार पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएका छन्।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना रहेको जनाएको छ।
आगलागी भएको भवनबाट संकलित २० वटा निर्माण सामग्रीका नमूनामध्ये सात वटाले जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्डसमेत पूरा नगरेको अधिकारीहरूले पुष्टि गरेका छन्।
प्रारम्भिक निष्कर्षअनुसार यिनै कमजोर सामग्रीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने देखिएको छ।
ताई पो जिल्लास्थित वाङ फुक कोर्ट अपार्टमेन्टमा नोभेम्बर २६ मा भएको घातक आगलागी १५१ जना मृत्यु भएको छ।
हङकङस्थित इन्डोनेसियाली दूतावासका अनुसार सात जना इन्डोनेसियाली नागरिकको ज्यान गएको छ भने फिलिपिन्स दूतावासले एक फिलिपिनी कामदारको मृत्यु भएको पुष्टि गरेको छ।
आइतबार उक्त आवास क्षेत्रमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न एक हजारभन्दा बढी नागरिक शान्तिपूर्वक भेला भएका थिए।
यो आगलागीलाई सन् १९८० यताकै विश्वको सबैभन्दा गम्भीर आवासीय आगलागी मानिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
