धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई भ्यालेन्सिया म्याराथनका लागि छनोट गरिएको हो।
काठमाडौँ– धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छन्।
स्पेनको भ्यालेन्सियामा मंसिर २१ गते भ्यालेन्सिया म्याराथनको ४४औँ संस्करण हुँदै छ। सन् १९८१ मा शुरू भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्येको म्याराथन हो। संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्ने गरेको छ।
धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो। नेपाल रन यूकेले सन्तोषीको सहभागिताका लागि व्यवस्थापन गर्नेछ। सन्तोषीसँगै नेपाल रन यूकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन्।
टोलीलाई धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। संस्थापक ठकुरी पनि भियतनामको होचिमिन्हमा बिहीबार र शुक्रबार हुने मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्।
यसअघि नेपाल रन युकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वल्र्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
