काठमाडौँ– लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा तेस्रो जित निकालेको छ।
जित निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्यो। जितका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्यो। जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे।
विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ र बसिर अहमदले १ विकेट हात पारे।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो। विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे। लुम्बिनीका शेर मल्लले ३ विकेट झारे।
यो जितसँगै छ अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ। छ खेलबाट आठ अंक रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
