ब्राजिलका पूर्वखेलाडी कार्लोस अल्बर्टोले जोसे मोरिन्हो ब्राजिली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने सम्भावना रहेको बताएका छन्।
काठमाडाैँ– ब्राजिलका पूर्वखेलाडी कार्लोस अल्बर्टोले जोसे मोरिन्हो ब्राजिली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने सम्भावना रहेको बताएका छन्। मुन्डो जीभी पोडकास्टमा उनले उक्त कुरा बताएका हुन्।
“जानकारी कहाँबाट आयो भन्ने कुराले फरक पार्दैन। सायद मोरिन्हो ब्राजिलियन टोलीको प्रशिक्षक हुनुहुन्छ”, उनले भने। टिटेले सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि ब्राजिलियन फुटबल टोली नयाँ प्रशिक्षकको खोजीमा छ।
टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ कोपा अमेरिका जितेको थियो। कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो। इंग्लिस प्रिमियम लिग क्लब टोटेनह्याम छाडेपछि मोरिन्हो सन् २०२१ मा इटालियन क्लब रोमामा गएका थिए।
यसअघि ब्राजिलको सम्भावित प्रशिक्षकमा बेल्जियमको राष्ट्रिय फुटबल टिम र इंग्लिस क्लब एभर्टनका पूर्वमुख्य प्रशिक्षक रोबर्टो मार्टिनेको नाम पनि थियो। ४९ वर्षका मार्टिने सोमबार पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
उनले फर्नान्डो सान्तोषको स्थान लिएका हुन्। कतार विश्वकपमा सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग भएको खेलमा पराजित भएपछि सान्तोषले राजीनामा दिएका थिए। मार्टिनेजले सम्हालेको बेल्जियम पनि कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
