लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा सहभागिताबारे निर्णय गर्न बाँकी

लाेसपाले सरकारका न्यूनतम साझा कार्यक्रममा आफ्ना माग र मुद्दा सम्बोधन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत दिने निर्णय गरेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। उनका अनुसार सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पार्टीले उठाउँदै आएका माग र मुद्दा सम्बोधन भएकाले सरकारलाई समर्थन गर्ने निर्णय भएको हो।

सरकारमा सहभागी हुने वा नहुने विषयमा भने निर्णय गर्न बाँकी रहेकाे झाकाे भनाइ छ।