स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो।
गण्डकी– इँटा र काष्ठकलाले सजिएको फल्चा। सारंगी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार। साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो। ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ कार्यक्रमले मानिसहरूलाई फल्चामा जुटाएको थियो। मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति सुन्न र हेर्न दर्शकहरू लालायित देखिन्थे।
स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो। बर्सेनि मंसिर १९ गते नारायण गोपाल र मंसिर ६ गते झकलमानको स्मृति दिवस मनाउने गरिन्छ। पोखराको रेडियो अन्नपूर्णले झलकमान गन्धर्व सारंगी पाठशालासँगको सहकार्यमा मौलिक स्वरूपमा यो कार्यक्रम गरेको हो। पाठशालाका बालकलाकारले खचाखच दर्शकमाझ नारायण गोपाल र झलकमानका गीत सुनाए। उनीहरूको गायन र वाद्यवादन कला हेरेर दर्शकदीर्घाले ताली र हौसला दिएका थिए।
सारंगी र मादलको धुनमा स्वरस्रमाट नारायण गोपालका गीत पृथक् सुनिएका थिए। उनीहरूले नारायण गोपालका ‘केही मिठो बात गर...’लगायत चर्चित गीत सुनाए। ‘आमाले सोध्लिन् नि...’बाट गाउन शुरू गरेका कलाकारले झलकमानका ‘रामराम राम गए वनैमा...’, ‘राधा पियारीको...’को आदि गाए। कलाकार अविरल, शैलेश, क्रिस, दीपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुती राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिए।
नेपाली संगीत जगत्का दुई मुर्धन्य प्रतिभाको स्मृति दिवससँगै रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए।
कवि एवं संस्कृतिकर्मी श्रेष्ठले गायक नारायण गोपाल र झलकमानको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए। कार्यक्रममा कला तथा संगीतप्रेमी दर्शकको बाक्लो उपस्थिति थियो। रेडियो अन्नपूर्णले बर्सेनि नारायण गोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ।
रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा महानगरपालिका–१४ मा रहेको वात्स्यायान वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, कास्कीमा स्टेसनरी सामग्री वितरण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
