चन्द्रनिगाहपुरको मोथियाही पुल नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
काठमाडौँ– चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्त तथा पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

चन्द्रपुर नगरपालिका–६ मा पर्ने मोथियाही पुलनजिक गौरबाट चन्द्रनिगाहपुरतर्फ आइरहेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक, बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटना हुँदा मोटरसाइकलमा मृतकका साथै उनका तीन सन्तान पनि सवार थिए। हाल उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिको विषयमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो। तर, बसधनीका तर्फबाट कानूनले तोकेभन्दा बढी रकम दिन नसकिने अडान राखिएपछि मृतकका परिवारले असन्तुष्टि जनाउँदै राजमार्ग ठप्प पारेका हुन्।

बसधनीसँग सहमति नजुटेपछि मृतकका आफन्तहरू सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौँ सवारीसाधन अलपत्र परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
