सोमबार नेप्से परिसूचक ३.०३ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा पछिल्लो ६ कारोबार दिनदेखि निरन्तर गिरावट देखिएको छ। गत हप्तादेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यस हप्ताको शुरूआती दुवै दिन गिरावट देखिएको हो।
आइतबार २१.४८ अंकले घटेको नेप्से परिसूचक सोमबार पुनः ३.०३ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ। सोमबार ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद-बिक्री हुँदा चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार केही समूहका उपसूचकमा सुधार देखिए पनि समग्र बजार भने ऋणात्मक रह्यो। जलविद्युत् ०.१२, जीवन बिमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बिमा ०.०५ र व्यापार समूह ०.४१ प्रतिशतले बढेका छन्।
बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ। बैंकिङ ०.६७, विकास बैंक ०.११, वित्त ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, र लघुवित्त ०.२९ प्रतिशतले घटेका छन्। त्यस्तै, अन्य समूह पनि ०.२१ प्रतिशतले ओरालो लागेको छ।
यस दिनको कारोबारमा अपर स्याङ्गी हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स छ, जसको शेयर मूल्य ५.१६ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा सोमबार ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ५५ करोड ८६ लाख ६७ हजार रुपैयाँ बराबरको १३ लाख ४८ हजार ८६१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
