मन्त्रिपरिषद्ले २०८१ चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।
काठमाडौँ– सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते तथा अपांगता भएकाहरूलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले २०८१ चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई ‘राज्यका तर्फबाट शहीद’ घोषणा गर्ने निर्णयसमेत भएको छ।
उखुको न्यूनतम मूल्य निर्धारण मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकेको छ। सरकारले उखु किसानलाई थप प्रोत्साहनस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।
गरिब परिवारको सूची र प्रशासनिक नियुक्ति बैठकले देशका १० जिल्लाका गरिब परिवारको सूचीलाई समेत स्वीकृत गरेको छ। तेह्रथुम, नवलपरासी (पूर्व र पश्चिम), पर्वत, मोरङ र सुनसरी लगायतका जिल्लाका गरिब परिवारको पहिचान गरी सूचीलाई अन्तिम रूप दिइएको हो।
यसैगरी, सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोश्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने र नेपाल प्रशासन सेवाको समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
