सीएचएच चाइना ह्वारोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो। जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ।
चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्वकार्यकारी बाई तियानहुईलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड दिएको छ।
उनी चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सीएचएच) की पूर्वमहाप्रबन्धक हुन्। उनलाई सन् २०१४ देखि सन् २०१८ बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको छ।
सीएचएच चाइना ह्वारोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो। जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ।
ह्वारोङ राष्ट्रपति सी जिनपिङको वर्षौं लामो भ्रष्टाचारको दमनको एक प्रमुख लक्ष्य भएको छ। यसका पूर्वअध्यक्ष सियाओमिनलाई सन् २०२१ जनवरीमा २५ करोड ३० लाख डलरको घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको थियो।
अन्य धेरै ह्वारोङ अधिकारीहरू पनि भ्रष्टाचार विरोधी अनुसन्धानमा फसेका छन्। चीनमा भ्रष्टाचारका लागि मृत्युदण्डको सजाय प्रायः दुई वर्षको छुटका साथ जारी गरिन्छ र त्यसपछि आजीवन कारावासमा परिवर्तन गरिन्छ।
उत्तरी शहर तियानजिनको अदालतले सन् २०२४ मेमा पहिलो पटक सुनाएको बाईको सजाय निलम्बन गरिएको थिएन। आफ्नो सजायविरुद्ध अपिल गरेकी थिइन्। तर मूल फैसलालाई फेब्रुअरीमा सदर गरिएको थियो।
चीनको सर्वोच्च अदालत सुप्रिम पिपुल्स कोर्टले समीक्षापछि निर्णयको पुष्टि गर्दै बाईको अपराध ‘अत्यन्त गम्भीर’ भएको बताएको छ। मंगलबार बिहान तियानजिनमा नजिकका आफन्तसँग भेटेपछि उनलाई मृत्युदण्ड दिइएको थियो। उहाँलाई कसरी मृत्युदण्ड दिइयो भन्ने खुलाएको छैन।
चीनले मृत्युदण्डको तथ्यांकलाई राज्यको गोप्य रूपमा वर्गीकृत गरेको छ, यद्यपि एमनेस्टी र अन्य अधिकारवादी समूहले देशमा हरेक वर्ष हजारौँ मानिसलाई मृत्युदण्ड दिने गरेको विश्वास गर्छन्। बाई चीनको वित्त उद्योगमा भ्रष्टाचारविरुद्ध लामो समयदेखि चलिरहेको कारबाहीमा सजाय भोग्ने पछिल्लो उच्च पदका व्यक्ति हुन्।
चीनको शीर्ष सेक्युरिटिज रेगुलेटरका पूर्वप्रमुख यी हुइमानलाई गत सेप्टेम्बरमा भ्रष्टाचारको आरोपमा छानबिनको दायरामा राखिएको थियो। गत मार्चमा सरकारी स्वामित्वको बैंकिङ कम्पनी एभरब्राइट ग्रुपका पूर्वप्रमुख ली सियाओपेङलाई ६ करोड युआनको घुस लिएको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको थियो।
बैंक अफ चाइनाका पूर्वअध्यक्ष लिउ लियान्गेलाई सन् २०२४ नोभेम्बरमा दुई वर्षको छुटसहित मृत्युदण्डको सजाय सुनाइएको थियो। भ्रष्टाचार विरोधी अभियानले स्वच्छ शासनलाई बढवा दिएको अभियानका समर्थकले बताएका छन्।
आलोचकहरूले भने यसले सीलाई राजनीतिक प्रतिद्वन्द्वीलाई सफाया गर्ने शक्ति प्रदान गरेको बताउने गरेका छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
