थाइल्यान्ड र कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा एक शताब्दीभन्दा पुरानो विवाद छ। यही विवादका कारण बेला–बेलामा सशस्त्र झडप भइरहेका छन्।
दुई देशबीचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाइल्यान्डले कम्बोडियाको क्षेत्रमा मिसाइल प्रहार गरेपछि मंगलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएको कम्बोडियाले जनाएको छ। थाइल्यान्डले कम्बोडियासँगको सीमा झडपमा ३ सैनिकको मृत्यु भएको जनाएको छ।
कम्बोडियाको संघीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडियाभित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउँदै घटनाको पुष्टि गरेका छन्। उनले आक्रमणहरूलाई ‘अमानवीय र क्रूर’ भन्दै यो कदम अक्टोबर २६ मा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरुद्ध भएको बताएका छन्।
यसैबीच, बैंककमा थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा थप दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ। योसँगै आइतबार लडाइँ पुनः शुरू भएदेखि मृत्यु हुने थाई सेनाको संख्या तीन पुगेको छ। सेनाले विज्ञप्ति जारी गर्दै एक सैनिकको डिसेम्बर ८ मा र अन्य दुई जनाको डिसेम्बर ९ मा मृत्यु भएको उल्लेख गरेको छ। थाई सेनाले थाई क्षेत्रबाट कम्बोडियाली सेनालाई निष्कासित गर्न आवश्यक कदम चाल्ने जनाएको छ।
थाइल्यान्ड र कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा एक शताब्दीभन्दा पुरानो विवाद छ। यही विवादका कारण बेला–बेलामा सशस्त्र झडप भइरहेका छन्। जसमा सबैभन्दा गम्भीर झडप सन् २०११ मा एक हप्ता लामो बमबारीका रूपमा भएको थियो।
गत मे महिनामा भएको झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि तनाव फेरि बढेको थियो। त्यस घटनापछि दुवै पक्षले आफ्नो सीमामा सैन्य उपस्थिति उल्लेखनीय रूपमा बलियो बनाएका थिए। कूटनीतिक प्रयास असफल भएपछि हाल स्थिति सशस्त्र झडपमा परिणत भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
