एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सदाशयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने बताए।
काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति शङ्का व्यक्त गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कांग्रेसको निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताएका हुन्।
उनले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिए। नेपाली कांग्रेसले सदाशयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उनले बताए।
"म सबै सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु। त्यसमध्ये प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ। यदि यो समर्थनभित्र सदाशयताबाहेक अरू कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ। ढोक्सा हो भने म भन्न चाहन्छु–माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल", उनले भने।
अध्यक्ष ओलीले संसद् विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्षसमेत गरे। उनले निर्वाचन हुन्छ भने त्यस्तो खालको संसद् विघटन जायज हुने आफ्नो अडानसमेत दोहोर्याए।
त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गर्ने सन्दर्भमा प्रस्तुत गरेको सम्बोधन देश र जनताको आशाअनुसार भएको भन्दै सबै राजनीतिक दलले त्यसलाई समर्थन गरेर जानुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
