काठमाडौँ र लुम्बिनीबीच हालसम्म दुवै संस्करणमा गरेर दुई पटक मात्रै भेट भएको छ। जसमा दुवै खेल काठमाडौँले जितेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।
खेल अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ।
काठमाडौँ र लुम्बिनीबीच हालसम्म दुवै संस्करणमा गरेर दुई पटक मात्रै भेट भएको छ। जसमा दुवै खेल काठमाडौँले जितेको छ। जारी सिजनको लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो। यस्तै, पहिलो संस्करणमा भएको खेलमा काठमाडौँले १८ रनको जित हासिल गरेको थियो।
आज जित्ने टोलीले भोलि दोस्रो क्वालिफायरमा विराटनगर किंससँग खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
