एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीले लहडको भरमा संसद् विघटन गर्न नसक्ने बताएका छन्।
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद् विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन्।
उनले प्रतिनिधिसभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गरेका होलान् भन्ने सोचेपनि अझै आत्मालोचना हुन नसकेको बताए।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्न पाइने जिकिर गरिरहेको भन्दै आपत्ति जनाए।
उनले प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने कुरामा नलाग्नसमेत सचेत गराए।
त्यस्तै, उनले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसद्मा नअल्झाउन आग्रह गरे।
उनले भने, “यो सरकारको संविधानप्रतिको प्रतिबद्धता छ कि छैन, शंका गर्नुपर्ने कुरा त्यहाँ छ। किनभने यही रोस्टममा मैले सुने संसद् विघटन गर्न पाइन्छ। यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो। के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो? होइन।”
अध्यक्ष नेपालले अर्को सरकार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन नपाउने स्पष्ट पारे।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताए।
उनले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
