प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दुईतिहाइ मत पाएका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा दाहालले मागेको विश्वासको मतका पक्षमा २६८ मत परेको छ। विपक्षमा भने २ मत परेको छ। त्यस्तै, ४ जना सांसद मतदानमा अनुपस्थित रहेका थिए भने १ जना निलम्बित छन्। विश्वासको मतको पक्षमा २६८ मत प्राप्त भएको प्रतिनिधिसभाका सभाध्यक्ष पशुपति शमशेर जबराले घोषणा गरे।
दाहालले पाएको मत प्रतिनिधिसभामा रहेको कुल मतको दुई तिहाइ भन्दा धेरै हो।
गत आम निर्वाचनबाट प्रतिनिधिसभामा कसैको पनि बहुमत नजुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आह्वान गरेकी थिइन्। सोही बमोजिम दाहाल एमालेलगायतका दलको समर्थनमा पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलमध्ये प्रधानमन्त्री दाहाललाई १० दलको समर्थन रहेको देखिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
