विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९१ ओभरमा १२८ रनमा अलआउट भयो।
काठमाडौँ– पहिलो संस्करणको नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्स भिड्ने भएका छन्। मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो।
विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९१ ओभरमा १२८ रनमा अलआउट भयो।
जनकपुरका चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ६ चौका प्रहार गरे। कप्तान तथा ओपनर ट्रेभोन ग्रिफिथले २४ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए।
मध्यक्रमका खड्क बोहोराले १४ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। विराटनगरका किओन जोसेफले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडेनसहित २७ रन खर्चिए।
नन्दन यादव र राज नाननले २/२ विकेट लिए। हुसेन टलट र सूर्य तामाङको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। विराटनगरका ओपनर गौरान्शु शर्माले सर्वाधिक ४२ रन बनाए। उनले ४१ बलमा २ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए। राज नाननले ३३ र हुसेन टलटले ३१ रन बनाए।
जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा ३८ रन खर्चिए। शराफुद्दीन अशरफ, ललित राजवंशी र समिउल्लाह शिनवारीको नाममा १/१ विकेट रह्यो।
अब विराटनगरले उपाधिका लागि बुधबार लुम्बिनीसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
