नयाँ चुनावका लागि आह्वान र हिरासतमा राखिएका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोको रिहाइ प्रदर्शनकारीको मुख्य माग छ।
दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै भएको झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। पेरुको मानवअधिकार कार्यालयले सरकारविरोधी प्रदर्शनका क्रममा झडप हुँदा कम्तिमा १७ जनाको ज्यान गएको जनाएको हो।
पेरुमा राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ। सुरक्षाकर्मी र प्रहरीबीचको झडपका क्रममा ६८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारी हेनरी रेबाजले बताए।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई जना किशोर-किशोरी छन्। "केही गोली लागेका शव पनि भेटिएका छन्", पुनोका क्षेत्रीय स्वास्थ्य निर्देशक इस्माइल कोर्नेजोले स्थानीय रेडियो स्टेसन आरपीपीलाई भने।
योसँगै सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षा बलहरूसँग भएका झडपमा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको रोयटर्सले जनाएको छ।
पेरुमा गत डिसेम्बरको शुरूमा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई गैरकानूनी रूपमा कंग्रेस विघटन गर्ने प्रयास गरेको केही समयपछि उनलाई हटाइएर गिरफ्तार गरेपछि सरकारविरोधी प्रदर्शन शुरू भएको थियो।
पेरुमा प्रदर्शनकारीले विभिन्न किसिमका नाकाबन्दी सिर्जना गर्दै विरोध प्रदर्शनलाई तीव्रता दिएका छन्। नयाँ चुनावका लागि आह्वान र हिरासतमा राखिएका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोको रिहाइ प्रदर्शनकारीको मुख्य माग छ।
यसैबीच नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४ मा निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, विरोध प्रदर्शन भने झन् तीव्र बनेको छ।
यसका अतिरिक्त नयाँ निर्वाचन र क्यास्टिलोको रिहाइबाहेक प्रदर्शनकारीले नयाँ राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा, कंग्रेस बन्द र संविधान संशोधनको समेत आह्वान गरेका छन्। एन्डिज क्षेत्र अहिले शताब्दीकै सबैभन्दा खराब खडेरीबाट गुज्रिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
