बोर्डले न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनअनुसार ७५ हजार रुपैयाँ जरिबाना र कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरह पद धारण गर्न १० वर्षसम्म अयोग्य रहने गरी कारबाही गरेको छ।
काठमाडौँ– नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ। सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका विपरीत सेयर कारोबार गरेको पाइएपछि बोर्डको पुस २४ गते बसेको बैठकले न्यौपानेलाई कारबाही गर्ने निर्णय गरेको हो।
बोर्डले उनलाई धितोपत्रसम्बन्धी ऐनअनुसार ७५ हजार रुपैयाँ जरिबाना र कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरह पद धारण गर्न १० वर्षसम्म अयोग्य रहने गरी कारबाही गरेको छ। धोतोपत्रसम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सोसरहको कुनै पद धारण गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षसम्मको अवधि पूरा नभएसम्म कुनै पनि पब्लिक कम्पनी वा सो संस्थाको सञ्चालक, महाप्रबन्धक वा सोसरहको पदमा बहाल हुन योग्य हुने छैन भन्ने उल्लेख छ।
सञ्चालक समितिमा रहेकै बेला एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेको देखिएपछि न्यौपानेलाई बोर्डले कारबाही गरेको हो। रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले २०७७ चैत १९ देखि २०७८ भदौ ४ सम्म सेयर किनबेच गरेका थिए। अनुसन्धानका क्रममा नियम उल्लंघन गरेको पाइएपछि बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेमाथि कारबाही प्रकिया अगाडि बढाएको थियो।
त्यस्तै, बोर्डले अन्य पाँच वटा कम्पनीलाई पनि कारबाही गरेको छ। तोकिएको समयमा प्रतिवेदन नबुझाउने सनी सेक्युरिटिजलाई १० हजार जरिबाना गरिएको छ। त्रैमासिक प्रतिवेदनमा समयमा पेस नगरेका इम्पोरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५ हजारका दरले जरिबाना तिराइएको छ।
त्यस्तै, केयर रेटिङ नेपालले क्रेडिट रेटिङ नियमावली उल्लंघन गर्दै आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको पाइएपछि हदैसम्मको कारबाही र रेटिङ किन रद्द नगर्ने तथा अनुमतिपत्र किन निलम्बन नगर्ने भन्दै स्पष्टीकरण पेस गर्ने बोर्डले निर्देशन दिएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
