तीन सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु तीन सयले घटेर एक लाख तीन हजार दुई सयमा पुगेको छ।

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा  पुगेको छ। 

मंगलबार सुन प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार सात सय छ। 

उक्त सुनको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।