राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्वीर)

पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन्। 

पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। 

कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

पृथ्वी जयन्तीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।