जतिबेला पनि सांसदहरूसँग छलफल गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कांग्रेसले काठमाडौँ नछाड्न ह्विप जारी गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले आफ्ना सांसदलाई माघ नौ गतेसम्म काठमाडौँ नछाड्न निर्देशन दिएको छ।
जतिबेला पनि सांसदसँग छलफल गर्नुपर्ने अवस्था आउने भन्दै ह्विप जारी गरेको हो। माघ नौ गतेसम्म काठमाडौँमै रहन पार्टी संसदीय दलबाट निर्देशन आएको कैलाली–४ बाट निर्वाचित सांसद एवं कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले बताए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रम, सभामुख र उपसभामुखको निर्वाचनलगायत घटनाक्रमलाई ध्यानमा राखेर यस्तो ह्विप जारी गरेको हो।
सभामुख चयन गर्नका लागि माघ पाँच गते प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। माघ नौ गते उपसभामुखको निर्वाचन गर्ने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
