लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।
काठमाडौँ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले दाबी पेस गरेका छन्। गिरीले बुधबार बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख शेरचनले बुधबार ४ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका गिरी पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री हुन्। उनलाई बुधबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
गिरीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जनता समाजवादी पार्टी, जनमत र तीन स्वतन्त्र गरी ५८ सांसदको समर्थन छ।
लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै एमालेले लिने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
