एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक व्यवस्था भए पनि 'मैले ठीक गरेँ' भनेर ओलीले अझै अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूलाई सुप्रिमो ठान्ने प्रवृत्तिको सिकार नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।
"राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठीक गरेँ। शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ", उनले भने, "यो प्रवृत्तिको सिकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला है। मेरो आग्रह छ।"
अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए।
उनले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए। उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सर्तलाई ध्यान दिएर प्रधानमन्त्री अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले विश्वासको मत लिनेबेला गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ केन्द्रित हुन प्रधानमन्त्रीलाई सुझाव दिए। सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ थियो।
अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घचघच्याइ रहने बताए। देशलाई विदेशीको क्रिडाभूमि बन्न नदिन सरकार सचेत रहनुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
