कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।
काठमाडौँ– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नियुक्त भएका छन्।
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता शर्मालाई बुधबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
यसअघि प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ उपधारा २ बमोजिम सरकार गठनका लागि बुधबार पाँच बजेसम्मको समय दिएर आह्वान गरेका थिए।
शर्माले माओवादी केन्द्रसहित एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
शर्मा माओवादीको पोलिटब्युरो सदस्यसमेत हुन्। उनी रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन्। १४ सांसदसहित प्रदेशमा ठूलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ।
कर्णाली प्रदेशमा माओवादी केन्द्र र एमालेबीच आधा/आधा कार्यकाल आलोपालो गरी सरकार चलाउने सहमति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
