सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी छ।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि बिहीबार निर्वाचन हुँदै छ।
सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी छ। गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीले सभामुखमा उम्मेदवारी दिएको हो ।
एमाले सांसद जानकी बम ऐरकाे प्रस्ताव र माओवादीकी गीतादेवी मालकाे समर्थनमा भण्डारीले उम्म्दवारी दिएका हुन्। भण्डारी बझाङ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसैबीच कांग्रेसले प्रदेशसभाका ज्येष्ठ सदस्य रावललाई सभामुखको उम्मेदवार बनाएको हो।
उनले यसअघि ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभा बैठकको अध्यक्षता गरेका थिए। रावलको प्रस्तावकमा कांग्रेस सांसद मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन्। उनी अछाम–२ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
