लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीसहित दुई बिनाविभागीय मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ– लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार दिउँसो शपथ लिएका हुन्।
शपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले माओवादी केन्द्रका कृष्ण केसी र नेकपा एमालेका चेतनारायण आचार्यलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए। गिरीलाई मुख्यमन्त्रीमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र तीन स्वतन्त्र गरी ५८ सांसदले समर्थन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
