बिहीबार नेप्से परिसूचक ४१.०४ अंकले घटेर २ हजार १ सय ४९ दशमलव ३९ अंकमा ओर्लिएको छ।
काठमाडौँ- साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ।
नेप्से परिसूचक ४१.०४ अंकले घटेर २ हजार १ सय ४९ दशमलव ३९ अंकमा ओर्लिएको हो। कारोबार भएका १ सय ८४ कम्पनीको शेयर मूल्य घट्दा २१ को बढेको छ भने १ स्थिर रह्यो।
बुधबार ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडमा खुम्चिएको छ।
व्यापार बाहेक कारोबार भएका १२ उपसमुह घट्दा सम्रग बजारमा नकरात्मक प्रभाव पर्यो।
बैकिङ उपसमुह १५.०४, विकास बैंक ९१.७९, वित्त ६८.२०, होटल ८६, जलविद्युत ५८.२२, जीवन बिमा ३०९.५६, उत्पादन उपसमुह १३७.९५ अंकले घटे।
आज ५ अर्ब ४७ करोड रुपैयाँ बराबरका १ अर्ब ४४ करोड ८२ लाख ९ सय ५९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिडी पावर, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी अगाडि रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
