सत्तासाझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भएको छ।
काठमाडौँ– दिउँसो ३ बजे बस्ने भनिएको सत्तासाझेदार दलको बैठक अझै शुरू भएको छैन। मन्त्रालयको भागबन्डा लगायतका विषयमा गठबन्धन दलको बैठक बोलाइएको थियो। तर, अहिलेसम्म शुरू नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गठबन्धन बैठक शुरू नभए पनि बालुवाटारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ। ओलीको सचिवालयका अनुसार दुई नेताबीच मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भइरहेको हो।
दुई नेताबीचको छलफलपछि गठबन्धनको बैठक बस्ने बताइएको छ। गठबन्धनले बिहीबार नै मन्त्रालयको भागबन्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। बुधबार साँझ पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा दुई घण्टा लामो छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
