सभामुख/उपसभामुख निर्वाचनका विषयमा संसद्मा रहेका दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आसन्न सभामुख तथा उपसभामुखको निर्वाचनका लागि संसद्‌मा रहेका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसले सभामुख/उपसभामुखको निर्वाचनबारे संसद्‌मा रहेका अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख र उपसभामुखका विषयमा संसद्‌मा रहेका दलहरूसँग संवाद गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 

“सरकारलाई समर्थन दिएका र नदिएका सबै दलसँग हाम्रो पार्टीले छलफल गर्ने निर्णय गरेको छ”, उनले उकालोसँग भने। 

यस्तै आजको बैठकमा आसन्न स्ववियु निर्वाचनलाई ध्यानमा राख्दै नेविसंघलाई सोहीअनुसार परिचालन गर्ने निर्णय गरेको छ। 

सभामुखको निर्वाचन आगामी माघ ५ गतेका लागि तोकिएको छ भने ९ गते उपसभामुखको निर्वाचन हुँदैछ