बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुँदै छ।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि शुक्रबार पुनः निर्वाचन हुँदै छ।
बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार पुनः मतदान हुन लागेको हो। जसका लागि बिहान ११ प्रदेशसभा बैठक बस्ने कार्यसूची तय भएको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दिएका छन्। यसअघि बिहीबार भएको निर्वाचनमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए। बहुमतका लागि २७ मत ल्याउनुपर्ने थियो।
भण्डारीले गठबन्धनका सबै सांसदको मत प्राप्त गर्न सकेनन्। यहाँ गठबन्धनको २९ मत छ। तर, एक मत बदर भएको तथा डोटीबाट निर्वाचित एमालेका चक्र मल्ल र कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी अनुपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
