अहिले औद्योगिक क्षेत्रमा मात्र दैनिक ६ देखि ७ सय मेगावाट विद्युत्को माग रहेकोमा बढीमा ५ सय मेगावाटसम्म विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ।
काठमाडौँ– उद्योग क्षेत्रको विद्युत् आपूर्तिमा देखिएको अवरोध तत्काल हटाउन पूर्वका उद्योग व्यवसायीले माग गरेका छन्। दैनिक रूपमा ७ देखि ८ घण्टासम्म उद्योग क्षेत्रमा विद्युत् कटौती हुँदा व्यवसाय सञ्चालनमै कठिनाइ भएको उनीहरूको भनाइ छ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेका उद्योगहरूमा विद्युत् कटौतीले झनै समस्याग्रस्त बनाएको जनाएको छ।
विज्ञप्तिमा लेखिएको छ, “उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रूपमा ७ देखि ८ घण्टासम्म विद्युत् आपूर्तिमा भएको कटौतीले मरणासन्न अवस्थामा पुगेको छ।”
नयाँ सरकार गठन भएसँगै बैंक तथा वित्तीय क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सकारात्मक पहल हुने कुरामा आशावादी रहकै समयमा विद्युत् आपूर्तिमा अवरोध हुँदा उद्योगी व्यवसायीमाथि बज्रपात थपिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।
नेपाल विद्युत् प्राधिकरणले भने भारतको विहारबाट आयात हुने विद्युत् आपूर्ति प्रणालीमा गत सोमबारदेखि प्राविधिक समस्या देखिँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपरेको जनाएको छ।
बिहारको पावर हाउसमा प्राविधिक देखिदा ठूला उद्योगहरूलाई मागअनुसारको विद्युत् दिन नसकिएको विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।
शुक्रबारबाट भने विद्युत् आपूर्ति प्रणालीमा सुधार हुँदै गइरहेको उनले बताए। “आजदेखि केही सुधार देखिएको छ, औद्योगिक क्षेत्रमा दैनिक १५/१६ घण्टा सप्लाई दिएकोमा अब १८/१९ घण्टा दिन सक्छौ”, भट्टराईले भने।
अहिले औद्योगिक क्षेत्रमा मात्र दैनिक ६ देखि ७ सय मेगावाट विद्युत्को माग रहेकोमा बढीमा ५ सय मेगावाटसम्म विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ। हाल मुलुकमा विद्युत्को माग १९ सय मेगावाट मागिरहेकोमा ८ सय मेगावाट मात्र आन्तरिक उत्पादनले धानेको र बाँकी भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
