६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत पाएका छन्। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।
नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका हुन्। नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका थिए।
स्वतन्त्र सांसद दीपक मनाङे प्रदेशसभामा अनुपस्थित थिए। एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदान गरेनन्।
एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
