युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको सोलेदार शहरमा ‘गम्भीर संघर्ष’ जारी रहेको बताएको छ।
रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। आफ्नो सेनाले बिहीबार उक्त शहरलाई कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो। युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ।
“सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रामक कारबाहीलाई थप सफल तुल्याउन मार्ग प्रशस्त गर्नेछ,” रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ।
युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको उक्त शहरमा ‘गम्भीर संघर्ष’ जारी रहेको बताएको छ। युक्रेनी सशस्त्र सेनाले कठिन परिस्थितिमा पनि स्थितिलाई नियन्त्रणमा राखेको सेनाको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले बताएका छन्।
उक्त शहरमा दुवै पक्षले भारी क्षति भएको स्वीकार गरेका छन्। युद्ध मैदानमा बारम्बार अपमान झेलेपछि आक्रामक बनेको मस्कोलाई उक्त स्थानमा पराजित गरेरै छाड्ने दृढताका साथ युक्रेन अघि बढिरहेको छ।
राष्ट्रसंघीय सुरक्षा परिषद्ले युक्रेन युद्धबारे छलफल गर्न बैठकको तयारी गरिरहेको बेला सार्वजनिक भएको रुसी दाबीले परिस्थितिलाई अझ जटिल बनाउने ठानिएको छ। रुसले सोलेदारमाथि कब्जा जमाउन आफ्नो मुख्य सैन्य मोर्चालाई डोनेट्स्क सारेको जनाउँदै युक्रेनका उपरक्षा मन्त्री गन्ना मल्यारले दुवै देश युद्धको कठिन चरणमा पुगेका केही समयअघि बताएका थिए।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न युक्रेनी सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। रक्तपातपूर्ण भयङ्कर लडाइँका निम्ति अत्याधुनिक हातहतियार प्रदान गर्ने उनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
