प्रस्तावको पक्षमा ५९ मत परेको थियो। प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो। कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित थिए।
मोरङ– प्रदेश- १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।
प्रस्तावको पक्षमा ५९ मत परेको थियो। प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो। कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित थिए।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सबलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताए। उनले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत मागेका थिए।
मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गरे। उनले भने, “मिलेर देश बनाऔँ।” उनले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै संघीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हर सम्भव प्रयास गर्ने बताए।
मुख्यमन्त्री कार्कीले विकेन्द्रीकरणको उच्चरूप संघीयता भएको बताए। उनले यसबारे भएका नकारात्मक टिप्पणीहरूको सबैले मिलेर जवाफ दिन आग्रह गरे। उनले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकार शान्ति सुरक्षा, प्रदेशको कोष वृद्धि, प्रदेश संरचनाको स्थायित्वमा विशेष ध्यान दिने बताए। उनले भने, “विगतमा समृद्धिको यात्रामा भएका सबै कामको निरन्तरता दिने र प्रदेशको नाम सकेसम्म सहमति र सहकार्यबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउँछु।"
सत्ता साझेदार राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको प्रशस्त सम्भावना, अवसर र चुनौती रहेकाले सुझबुझका साथ काम गर्न आग्रह गरे। उनले आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण समर्थन रहेको जनाउँदै सरकारलाई मितव्ययी हुन र भ्रष्टाचारमा शून्य सहनशीलता हुनुपर्ने धारणा राखे।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजनीतिमा कोही कसैको शत्रु र मित्र नरहने भन्दै आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने बताए। उनले कांग्रेस प्रतिपक्षमा रहे पनि लोकतन्त्रको मूल्य र मान्यतामा रही संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्ने धारणा राखे।
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने भन्दै सरकारको स्थायित्वको कामना गरे। उनले सरकारको नीति तथा कार्यक्रम आई नसकेकाले समर्थन गर्न नसक्ने भन्दै प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। प्रदेशसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
