प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। उनको पक्षमा ५७ विपक्षमा ३३ मत परेको छ।
काठमाडौँ– प्रदेश–१ को उपसभामुखमा नेकपा एमालेकी प्रदेश सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन्।
उनी ९३ सदस्यीय प्रदेशसभामा ५७ मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन्। उनको विपक्षमा ३३ मत परेको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।
दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर रहेका थिए भने समर्थकमा राप्रपाकी सबिजा बजगाईं थिइन्।
प्रदेशसभामा ९० सांसद उपस्थित थिए। एमालेका दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी हुन पाएनन्। सभामुख तटस्थ बसेका थिए। उपसभामुख निर्वाचनमा दनुवारका पक्षमा मत दिन एमालेले ह्विप जारी गरेको थियो।
त्यस्तै, प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद लीला राईलाई उपसभामुख निर्वाचित गराउनुपर्ने प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५७ मत खसेको थियो। उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुखले घोषणा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
