कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ।
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले शनिबार राजधानीमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरे।
कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ। यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ।
विसं २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता संघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ। उक्त अवधिमा जेजति सरकार बने तिनको गठन, विघटन कसरी भयो, राजनीतिको मियो कसरी अघि बढ्यो भन्ने विषय पुस्तकमा वर्णन गरिएको छ।
मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तर्घात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिस्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्को घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गरेका छन्।
पुस्तकको लोकार्पण गर्दै कांग्रेस महामन्त्री थापाले राजनीतिक दलको संरचना, सदस्यता प्रणाली, आन्तरिक सत्ता, अभ्यास परिवर्तन नभएसम्म मुलुकमा राजनीतिक स्थिरताका लागि चुनौती रहिरहने बताए। उनले भने, “लोकतान्त्रिक प्रणालीमा नियमभित्र रहेर अभ्यास गर्नुपर्छ, प्रतिपक्षले प्रधानमन्त्रीलाई समर्थन गर्न नियमले मिल्दैन, यस विषयमा खुला र पारदर्शीरूपमा छलफल र बहस हुनुपर्छ, यस पटकको संसद्लाई मुलुकको समस्या समाधान गर्ने थलो बनाउन सबैबाट प्रयास हुनुपर्छ।”
एमाले उपमहासचिव ज्ञवालीले ३० वर्षको अनुभवले सरकार, संसद् र राजनीतिक स्थायित्व मात्र नभई नीति र प्रणालीलाई स्थिर दिनेतर्फ घचघच्याएको बताए। उनले भने, “परिवर्तनकारी शक्तिबीच न्यूनतम समझदारी नभएसम्म राजनीतिलाई नै पनि स्थायित्व दिन कठिनाइ पर्ने विगतको अनुभवबाट पाठ मिलेको छ, राजनीतिलाई प्राथमिकतामा राख्दा आर्थिक, पूर्वाधार निर्माण र समृद्धिका मुद्दा पछाडि परेका हुन्, अब त्यसलाई सच्याउन पर्छ।”
एकीकृत समाजवादीका नेत्री शाहले पत्रकार भण्डारीले आफैँ साक्षी रहेर देखेको, भोगको, सुनेको र अनुभव गरेको मुलुकका प्रमुख राजनीतिक घटनासम्बन्धी विषयवस्तु समेटिएको राजनीतिक इतिहास पुस्तकको अध्ययनबाट अतीतको सम्झना, वर्तमानको सिकाइ र भविष्यका लागि हौसला प्रदान गर्ने सन्दर्भ सामग्री रहेको बताइन्।
विश्लेषक शर्माले इतिहास सामान्य ढंगबाट अघि नबढ्ने हुँदा जुन कालखण्डका लागि केन्द्रित रही पुस्तक लेखिएको हो त्यसको सत्ता संघर्षमा त्यो इतिहासको झझल्को दिएको उल्लेख गरे।
कृतिका लेखक भण्डारीले दुई दशकभन्दा लामो पत्रकारिताका दौरानमा देखे, भोगेका घटना, समाचार सङ्कलनका बेला भएका कुराकानी, टिपोट, फोन संवाद, प्रकाशित पुस्तक, प्रतिवेदन, अन्तर्वार्ता तथा स्वअध्ययन पुस्तकका आधार भएको बताए। साङ्ग्रिला मिडिया ग्रुप प्रालि प्रकाशक रहेको उक्त पुस्तकको मूल्य ६७५ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
