६८ यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटना

पोखराको घारीपाटनमा रहेको सीताराम पुलमा विमान खसेको हो। प्रारम्भिक जानकारीअनुसार विमानमा ६८ यात्रु थिए। जमिनमा खसेपछि विमानमा आगो लागेको छ।

तस्वीर : सामाजिक सञ्जाल

पोखरा- पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ।

पोखराको घारीपाटनमा रहेको सीताराम केसी पुलमा विमान खसेको हो। प्रारम्भिक जानकारीअनुसार विमानमा ६८ यात्रु थिए। जमिनमा खसेपछि विमानमा आगो लागेको छ।

काठमाडौँबाट १०ः३३ मा पोखराका लागि उडेको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। विमानलाई पुरानो एयरपोर्ट साइटबाट अवतरण गराउने अनुमति थियो। 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र उद्धार जारी रहेको बताए।