दुर्घटनाग्रस्त यतीको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

विमानमा आगो लागेको र उद्दार कार्य चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

काठमाडौँ- पोखरामा दुर्घटनामा परेको यति एयरलाइसन्सको विमानमा चालक दलका ४ सदस्य सहित ७२ जना सवार रहेको पुष्टि भएको छ। 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दुर्घटनामा परेको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको बताए। 

काठमाडौँबाट १०ः३३ मा पोखराका लागि उडेको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा घारीपाटनमा खसेको हो। 

विमानमा आगो लागेको र उद्दार कार्य चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।