यती दुर्घटना : ३६ जनाको शव निकालियो

विमानमा लागेको आगो नियन्त्रणमा आएको छैन।

काठमाडौँ- पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानबाट अहिलेसम्म ३६ जनाको शव निकालिएको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको बताए।

विमानमा लागेको आगो नियन्त्रणमा आएको छैन।

काठमाडौँबाट आइतबार १०ः३३ मा पोखराका लागि उडेको यती एटीआर ७२ पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो।