पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
काठमाडौँ- काठमाडौँबाट यात्रु लिएर पोखरा पुगेको यती एयरलाइन्सको एटीआर ७२ जहाज दुर्घटनामा परेपछि वस्तुस्थितिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
उनीसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेका छन्। उनीहरूसँगै सरकारका उच्च तहका कर्मचारी पनि त्यहाँ पुगेका छन्। प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विवरण लिएका छन्।
प्रधानमन्त्री दाहालले दुर्घटना हुनुको संभावित प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन्। उनले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धारमा लाग्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। आज साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
