दिल्लीमा पटका उत्पादन गर्ने, भण्डारण गर्ने र बेच्नेलाई ३ वर्षसम्मको कैद सजाय र ५ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने भएको छ। त्यस्तै, पटका पड्काउनेलाई पनि ६ महिना कैद तोकिएको छ।
काठमाडौँ- भारतको राजधानी दिल्लीमा पटका उत्पादन गर्ने, भण्डारण गर्ने र बेच्नेलाई ३ वर्षसम्मको कैद सजाय र पाँच हजार भारतीय रुपैयाँ जरिवाना तिराइने भएको छ। दिल्लीमा वायुको गुणस्तर कायम गर्न भन्दै दिल्लीका वातावरणमन्त्री गोपाल रायले सबै प्रकारका पटकामाथि प्रतिबन्धको घोषणा गरेका हुन्।
पटका पड्काउनेलाई समेत ६ महिनासम्मको कैद सजाय र दुई सय भारतीय रुपैयाँ जरिवाना तोकिएको छ। दिल्लीका वातावरणमन्त्री रायले भोलिदेखि ‘पटका होइन, दियो जलाऊँ’ भन्ने अभियान चलाइने बताए। यसै अभियानअन्तर्गत दिल्ली सरकारले सेन्ट्रल पार्कमा शुक्रबार ५१ हजार दीप प्रज्ज्वलन गर्दै छ।
हिन्दू धर्मावलम्बीको चाड दीपावलीका बेला र जाडोयाममा दिल्लीको वायुको गुणस्तर थप नबिग्रियोस् भनेर पटकामाथि प्रतिबन्ध लगाइएको हो। दिल्ली सरकारले पटकामाथिको प्रतिबन्ध लागू गर्न दिल्ली प्रहरीका २१०, राजस्व विभागका १६५ र दिल्लीको प्रदूषण नियन्त्रण कमिटीका ३३ वटा टोली गरी कूल ४०८ वटा टोली परिचालन गरेको जनाएको छ। दिल्लीमा अक्टोबर १६ सम्म मात्रै प्रतिबन्ध उल्लंघनका १८८ वटा घटनामा २ हजार ९१७ किलोग्राम पटका बरामद भएको मन्त्री रायले बताए।
दिल्लीमा कलकारखानाबाट निस्किने धुँवा, सवारी साधनबाट निस्किने धुँवाका कारण प्रदूषणको मात्रा बढी हुने गरेको छ। विशेषगरि छिमेकी राज्यका किसानले बालीनाली भित्र्याएपछि खेतमा आगो लगाउने कारण पनि हरेक जाडोयाममा दिल्लीको वायु हानिकारक बन्ने गर्छ। त्यसमाथि दीपावलीका समयमा पटका पड्काउँदा वायु प्रदूषण थप बढ्ने गरेको छ।
अघिल्ला वर्षमा पनि पटकामाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको दिल्ली सरकारले यो वर्ष पनि प्रतिबन्धमा कडाइ गरेको हो। यसअघि सेप्टेम्बरमा दिल्ली सरकारले आगामी जनवरी १ तारिखसम्म पटकाको उत्पादन, बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो।
दीपावलीका समयमा हावाको गति सुस्त हुने र स्थिर वायुमण्डलीय अवस्थाका कारण दिल्लीमा यस वर्ष पनि वायुको गुणस्तर बिग्रिने अनुमान गरिएको छ। वायुको गुणस्तर सूचकांक एक्यूआई ३०१ देखि ४०० सम्मको अंक हुनु निकै खराब मानिन्छ। यस्तै, एक्यूआई शून्यदेखि ५० सम्म हुनुलाई राम्रो मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
