बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाँच आयोग गठन गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
काठमाडौँ– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि सरकारले पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाँच आयोग गठन गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
उनका अनुसार दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा दुर्घटना हुन नदिनका लागि आवश्यक प्रतिवेदन बुझाउन जाँच आयोग गठन भएको हो।
यस्तै आयोगको सदस्यमा हवाईविज्ञ अवकाश प्राप्त सेनाका उपरथी दीपकप्रकाश वास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, हवाई इन्जिनियर एकराजचन थापा रहेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ।
प्रतिवेदन प्राप्त भइसकेपछि कार्यान्वयन हुने अर्थमन्त्री पौडेलले जानकारी दिए। यस्तै सरकारले विमान दुर्घटनालाई दुःख भन्दै सोमबार एकदिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। र, सोमबार सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।
यस्तै आकस्मिक बैठकले आगामी दिनमा हवाइ दुर्घटना हुन नदिनका लागि सबै वायु सेवा कम्पनीले अनिवार्य प्राविधिक परिक्षण गर्नका लागि निर्देशन दिने निर्णय पनि गरेको छ।
त्यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
