कर्णाली प्रदेशसभाको बैठकले सभामुखमा नन्दा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो।
काठमाडौँ- कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित भएका छन्।
कर्णाली प्रदेशसभाको बैठकले सभामुखमा नन्दा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो।
प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गरे।
प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए। उनी समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
यस्तै सभामुख पदका उम्मेदवार नेपाली कांग्रेसका खड्ग पोखरेलले १४ मत प्राप्त गरेका थिए। एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङ कर्णालीको इतिहासमा पहिलो महिला सभामुख हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
