यतीको विमान दुर्घटना : ६२ शव भेटियो

भेटिएका मध्ये ३० जना यात्रुको शव गण्डकी अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।

काठमाडौँ- पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका ६२ शव भेटिएको छ। 

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले दुर्घटनास्थलबाट ६२ शव निकालिएको र अहिलेसम्म कसैलाई जीवितै उद्दार गर्न नसकिएको बताए। उनले उद्धार टोली घटनास्थलमै रहेको जानकारी दिए। 

भेटिएका मध्ये ३० शव गण्डकी अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए। 

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० शव अस्पताल पुगेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए। 

शवहरू अस्पताल लगिएसँगै दिवंगत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। 

प्राडा खत्रीका अनुसार हालसम्म शव पहिचान भइसकेको छैन। अधिकांशः शवहरू पहिचान गर्न नसकिने अवस्थामा नरहेको उनले बताए।